विश्वकप फुटबलमा आज ४ खेल: कुन कुन देश बिच हुदै छ त प्रतिस्पर्धा ?

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज ४ खेल हुँदैछन्।
विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का  समान दुई दुई खेल हुनेछन्। पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। 
दोस्रो खेलमा समूह ‘सी’ अन्तर्गत पोल्याण्ड र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुनेछ। पोल्याण्ड र साउदीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।
यसैगरी तेस्रो खेलमा फ्रान्स र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ। समूह ‘डी’ मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। आजै हुने अन्तिम खेलमा अर्जेन्टिनाले मेक्सिकोको सामना गर्नेछ। समूह ‘सी’ मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन्।
यसैगरी आज बिहान सम्पन्न खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका छन्। कतारको अल बायत स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले गोलरहित बराबरी खेलेका हुन्। यस बराबरीसँगै इङ्ग्ल्यान्ड र अमेरिकाले अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै राखेका छन्। समूह ‘बी’ मा रहेको इङ्ग्ल्यान्डले २ खेलमा ४ अङ्क जोडेको छ भने अमेरिकाले २ खेलमा २ अङ्क जोडेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here