सार्वजनिक गरे रवि लामिछानेले आफ्नो चुनावी खर्च: कति गरे त खर्च ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामिछानले आफ्नो चुनाबी अभियानमा ११ लाख ८१ हजार ४७२ रूपैयाँ खर्च भएको बताएका छन् ।
उनले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो खर्चबारे जानकारी दिँदै लामिछानेले आजदेखि खुसियाली मनाउने दिन सकिएको घोषणा गरेका छन् ।
लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने दाबी गर्दै संघसंस्थाको उद्घाटन, आसन ग्रहणमा सहभागी नहुने बताएका छन् ।
लामिछानेले प्रत्यक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैं उपस्थित हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here