धादिङ जिल्ला मै पहिलो आमा समूह फुटबल प्रतियोगिता सम्पन्न: म्हेन्दोफोले आमा समुह प्रथम

धादिङ । धादिङ जिल्लाको खनियाबास गाउँपालिका- ३ को डाफे स्वास्थ्य आमा समूहद्वारा आयोजित पहिलो आमा समुह फुटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।

बिजया दशमीको अवसरमा आयोजित प्रतियोगिता मा ६ ओटा आमा समुह बाट १० टिम सहभागी थिए । प्रतियोगितामा म्हेन्दोफोले आमा समुह प्रथम , प्रशम्शा आमा समुह बि दोस्रो र प्रगतिशील आमा समुह बि तृतिय भएका छन । बिजेता टिमलाई प्रथम १०,००० दितिय ७००० तृतिय ४००० र सहभागी अन्य टिम लाई प्रोत्साहन स्वरुप १००० पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको थियोे ।

२०७९ असोज १६ गते देखि सुरु भएको यस प्रतियोगिता असोज १८ गते खनियाबास गाउँपालिकाको उपाध्यक्ष सेक्केमान तामाङ को प्रमुख अतिथि तथा खनियाबास गाउँपालिका-३ का वडा अध्यक्ष कमानसिङ तामाङ को बिशेष आतिथ्यमा सम्पन्न भएको हो ।
आन्तरिक पर्यटन प्रवर्द्दन गर्ने उद्देश्यले आयोजित फुटबल प्रतियोगिता निकै नै आकर्षक भएको थियो । प्रतियोगिता हेर्न छिमेकी गाउ हरु बाट समेत दर्शक हरुको बाक्लो उपस्थिति थियो ।
साभार: ग्लोबल खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here