एसियन लाइफ इन्स्योरेन्स धादिङ शाखाले मृतक शर्मिला थापाको मृत्यु दाबी भुक्तानी प्रदान

धादिङ । नीलकण्ठ ४ को रानागाउँ कि सर्मिला थापा  मिति २०७९/०४/०९ गतेका दिन राती अविरल बर्षातले पहिरो आई घर संगै पहिरोमा पुरिएर निधन भएको थियो ।

साथै सर्मिला थापाले एसियन लाइफ इन्स्योरेन्स क. लि. धादिङ शाखामा रु ३ लाखको बिमा गर्नु भएको थियो । जस्स अनुसार सोमबार एक कार्यक्रम बिच सिद्धलेख गाउँपालिका वडा न. ३ मा गइ धादिङ शाखाका म्यानेजर प्रकाश ढुंगाना, कम्पनीका कर्मचारी एबं एजेन्सी म्यानेजरको टिम सहित उक्त बिमाको इच्छाएको ब्यक्ति मृतक कि आमा छली माया थापालाई हस्तान्तरण गरिएको यमुना गुरुङले बताउनु भयो ।

मृतक शर्मिला थापाले कम्पनीलाई प्रत्येक बर्ष बुझाउनु पर्ने रकम २० हजार ७ सय ८१ रुपैयाको दुई किस्ता ४१ हजार ५ सय ६२ मात्रै रकम भुक्तानी गर्नु भएको थियो ।

जस्स मध्य १३ हजार १ सय ३० रुपैया सहित ६ लाख १३ हजार १ सय ३० रुपैयाको चेक छली मायालाई हस्तान्तरण गरिएको हो ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here