दशै लाई लक्षित गर्दै खनियाबास वडा न. १ र २ को मोटर बाटो अनुगमन: छिट्टै मर्मत पनि हुने

धादिङ । संविधान दिवसको अवसरमा खनियाबास गाउँपालिका वडा न १ र २ का विभिन्न स्थानहरू गसिली हुँदै सङ्युङ, कलङ्म्रङ, कोखिम, न्यान्चो पतिचो, झार्लाङको पहिरो, त्यस्तै पेर्चोदेखी गिलिङ्चो गुम्बासम्सका मोटर बाटो सर्बेक्षण गरिएको छ ।

आउदै गरेको हिन्दुहरुको महान चाड बिजय दशमीको अवसरमा सबै यात्रुहरुलाई आफ्नो घर जान सहज होस भन्ने हेतुले सर्बेक्षण गरिएको तामाङ पत्रकार संघ जिल्ला शाखा धादिङका सचीव मनिस तामाङले बताउनु भयो ।

बिगतका बर्षाहरु भन्दा यो बर्ष दशै छिटो भएको हुँदा झार्लाङका विभिन्न ठाँउहरुको मोटर बाटो लगायत गोरेटो बाटोको सफा गरेर सबै जनताहरुलाई सेवा पुर्याउने उदेश्यका साथ खनियाबास गाउँपालिकाका विभिन्न ठाँउहरुको मोटर बाटोको सर्बेक्षण गरिएको छ । तामाङ पत्रकार संघ जिल्ला शाखा धादिङका सचीव मनिस तामाङ, खनियाबास -१ र २ का प्राविधिक श्रीसन तामाङ र वडाध्यक्षा सोनाम बहादुर तामाङको टोलीले सर्बेक्षण गरिएको हो । सर्बेक्षण पश्चात् तत्काल नै सरसफाइ कार्य अगाडि बढाउने पनि तामाङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here