लापा कुकु सामुदायिक सिकाइ केन्द्रको आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिता हुने

धादिङ । रुबीभ्याली ५ स्थित लापामा वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । लापा कुकु सामुदायिक सिकाइ केन्द्रको आयोजनामा असोज १४ देखि १७ गते सम्म हुन लागिएको उक्त प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार ५ सय पचपन्न, दोश्रो हुनेलाई १५ हजार ५ सय पचपन्न र तृतीय हुनेलाई ७ हजार ५ सय १५ रुपैया नगद सहित प्रमाणपत्र, ट्रपी र मेडल प्रदान गरिने आकाश तामाङले बताए ।

रुबीभ्याली गाउँपालिका भित्रका सम्पुर्ण वडाका खेलाडीहरु भाग लिन पाउने उक्त प्रतियोगिताको टिम दर्ता शुल्क ५५ सय रहेको छ भने असोज १४ गते भित्र टिम दर्ता गरि सक्नु पर्ने आयोजक टिमले बताएको छ ।

थप जानकारी लागि
आकाश घले : 9862116204
म्लङ्गे तामाङ : 9843180829

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here