प्रथम मोति गुफा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता खनियाबास ५ बोनोङचेतमा हुने

धादिङ । बिजय दशमीको पावन अवसरमा खनियाबास गाउँपालिका वडा न. ५ स्थित बोनोङचेतमा मोति गुफा युवा क्लबको आयोजक र सह-आयोजक अहिसाबादी युवा क्लबको आयोजनामा “प्रथम मोति गुफा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता” हुने भएको छ ।

पर्यटकीय क्षेत्र मोति गुफा, घले दरबार, बोनोङचेत ताल लगाएतको समेत प्रचारप्रसार गर्ने उदेश्यले यस प्रतियोगिताको आयोजना गरिएको इस्वर तामाङले होराईजन खबरलाई बताउनु भयो ।

प्रतियोगितामा सहभागी भै प्रथम हुनेलाई ६० हजार, दोश्रो लाई ३० हजार, तृतीय १० हजार पुरस्कार सहित प्रमाणपत्र, ट्रपी र मेडलको समेत प्रदान गरिने आयोजक टिमले बताएको छ ।

प्रतियोगिता असोज १६ गते देखि १९ गते सम्म हुनेछ भने खेलमा सहभागी हुन चाहने इच्छुक टिमले असोज १५ गते भित्र टिम दर्ता गरि सक्नु पर्ने छ । टिम दर्ता शुल्क ५ हजार रहेको छ ।
थप जानकारीको लागि आयोजक द्वारा प्रकाशित सुचनामा हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here