प्रथम पुरस्कार ‘एक लाख,एघार हजार,एकसय एघार’ भएको भंगेरी कप असोज २८ देखि हुने

नुवाकोटको म्यागङ-६, पुरानोपानीमा कन्यास्थान युवा क्लबको आयोजनामा बिजय दशमी तथा शुभ-दिपावलीको अवसरमा “भंगेरी कप फुटबल प्रतियोगिता २०७९” हुने भएको छ ।

प्रथम पुरस्कार ‘एक लाख, एघार हजार, एकसय एघार’ रुपैया सहित प्रमाणपत्र, ट्रपी र मेडल भएको उक्त फुटबल प्रतियोगिता जिल्ला कै ठूलो धन राषीको फुटबल प्रतियोगिता भएको वीर बहादुर तामाङले होराईजन खबरलाई बताउनु भयो । साथै दोस्रो हुनेलाई पचपन्न हजार, पाँच सय पचपन्न नगद सहित प्रमाणपत्र, ट्रपी र मेडल रहेको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने क्लबले असोज २० गते देखि २८ गते सम्म टिम दर्ता गर्न सकिनेछ । बृस्तित जानकारीको लागि आयोजक द्वारा प्रकाशित सुचनामा हेर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here