टिकटकमा अब आफू के गर्दैछु भनेर भिडिओमार्फत साथीलाई जानकारी दिन सकिने

काठमाडौं । टिकटकमा नयाँ फिचर आएको छ । कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ फिचर थपेकाे जानकारी दिएकाे छ ।

यसअन्तर्गत टिकटकमा प्रयोगकर्ताले आफ्नो साथीलाई इन्भाइट गरेर आफूले त्यो क्षणमा के गरिरहेकाे छु भनेर देखाउन सक्छन् ।

यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो फोनको फ्रन्ट वा ब्याक क्यामेरा प्रयोग गरेर दैनिक १० सेकेन्डको भिडिओ रेकर्ड गर्न वा आफ्ना वरपर भएका कुनै कुराको फोटो खिच्न सक्छन् ।

यो फिचर कतिपयलाई नयाँ लागे पनि ‘बिरियल’ प्रयोगकर्ताका लागि भने नयाँ होइन । यस एपको प्रमुख विशेषता भनेको प्रयोगकर्ता वास्तविक जस्तो छ, सामाजिक सञ्जालमा पनि उस्तै देखाउनु हो ।

प्रयोगकर्ताले आफ्नो स्मार्टफोन प्रयोग गरेर दैनिक विभिन्न तरिकाका फोटो खिचेर पठाउन सक्छन् । यो एप सन् २०२० मै सार्वजनिक भएको थियो ।

पछिल्लो समय विभिन्न देशमा ‘बिरियल’ प्रयोग गर्ने प्रयोगकर्ताको सङ्ख्या बढ्दो छ । त्यस्तै टिकटकले विज्ञप्तिमा यो नयाँ फिचरमा किशोरकिशोरीलाई सुरक्षित राख्नका लागि प्राइभेसी सेटिङसहित आएको उल्लेख छ ।
टिकटकमा १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको अकाउन्ट डिफल्ट रूपमा प्राइभेट हुने व्यवस्था रहेको छ । टिकटकमा १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले आफ्नो भिडिओ तथा फोटो एक्सप्लोररमा राख्न सक्दैनन् ।
यदि प्रयोगकर्ता १३ देखि १५ वर्ष उमेर समूहका छन् भने उनीहरूको कन्टेन्ट आफूसँग साथी बनेका प्रयोगकर्ताले मात्र देख्न सक्छन् ।

यो फिचर आगामी हप्ता विश्वभरका प्रयोगकर्तालाई उपलब्ध गराइने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here