अखिल नेपाल खेलकुद महासंघ धादिङको प्रथम भेला सम्पन्न: अध्यक्षमा गणेश कुमार श्रेष्ठ

धादिङ । अखिल नेपाल खेलकुद महासंघ धादिङको अध्यक्षमा गणेश कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
नेकपा(माओवादी केन्द्र) निकट उक्त भातृ संगठनको
महासंघको शनिबार सम्पन्न जिल्लाभेलाबाट श्रेष्ठको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।

नवनिर्मित महासंघको प्रमुख पदाधिकारीहरु
अध्यक्ष: गणेश कुमार श्रेष्ठ
उपाध्यक्ष: विदुर अर्याल र ओम बहादुर तामाङ
सचिव: विनोद थापा मगर
सह–सचिव: ज्ञानी लामा
कोषाध्यक्ष: राजन लामा

गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न जिल्ला भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्य, जिल्ला संयोजक मनराज भण्डारीको विशेष आतिथ्य रहेको थियो भने अतिथिहरुमा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य विनोदबाबु रिमाल, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज अमृत तामाङ, जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङ, प्रेस सेन्टर धादिङका उपाध्यक्ष सञ्जय देवकोटा लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here