म्हेन्दोमाया कलाकार संघ रुबीभ्याली द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धादिङ । माछापोखरी स्थित नागार्जुन पार्टी प्यालेसमा शनिबार बिजय दशमीको पावन अवसरमा म्हेन्दोमाया कलाकार संघ नेपाल रुबीभ्याली गाउँपालिका कार्यसमिति द्वारा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम रुबीभ्याली गाउँपालिका अध्यक्ष रामसिङ तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

म्हेन्दोमाया कलाकार संघ रुबीभ्याली नेपालका अध्यक्ष जयबिर तामाङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशेष अतिथिमा रुबीभ्याली गाउँपालिका उप प्रमुख फेलामा तामाङ, स्वतन्त्र पार्टी धादिङकी कोषाध्यक्ष बासुमाया तामाङ लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न किसिमका तामाङ कला संस्कृति झल्कने म्हेन्दोमाया गीत संगीत सहित विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम भएको रुबीभ्याली गाउँपालिका अध्यक्ष सचिवालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि रामसिङ तामाङले रुबीभ्याली स्थानीय सरकारले स्थानीय भाषा, संस्कृति, म्हेन्दोमाया कला संस्कृति लगायत सबै किसिमका स्थानीय पहिचान संग जोडिएको पक्षहरुको संरक्षण र जगेर्ना गर्न महत्त्वपूर्ण भुमिका खेल्ने र आगामी दिनहरूमा पनि सबै किसिमको सहयोग गर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here