नेपालमा विश्वकप फुटबलको प्रसारण अधिकार मिडिया हबले पायो

काठमाडौं । आगामी २० नोभेम्बर २०२२ देखि कतारमा आयोजना हुन गइरहेको विश्वकप फुटबल २०२२ नेपालमा टेलिभिजन तथा अन्य माध्यमहरुबाट मिडिया हबले देखाउने भएको छ ।

शुक्रबार राजधानीमा आयोजित एक समारोहमार्फत कम्पनीले विश्वकप फुटबल प्रतियोगिताको प्रसारण अधिकार आफूले पाएको जानकारी दिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष सोमप्रसाद धितालले विश्वकप फुटबल कतार २०२२ को भू-सतही, स्याटलाइट, डीटीएच, केबल, ब्रोडब्याण्ड एवं मोबाइल तथा अन्य विद्युतीय प्रसारणको एकाधिकार आफूहरुले प्राप्त गरेको जानकारी दिए ।

उनका अनुसार नेपालमा विश्वकप फुटबल २०२२ को लोगो र मस्कट प्रयोग, प्रसारण, प्रायोजन र प्रतिलिपीको सम्पूर्ण अधिकार मिडिया हब प्रालिमा मात्रै सीमित हुनेछ ।

सो अवसरमा टेलिभिजन सिग्नल प्रदायक संस्थाहरु एनआईटिभी स्ट्रिम्स र भायानेट कम्युनिकेसन्स प्रालिसँग पनि सहकार्यका लागि छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर भयो ।

दुवै संस्थासँग गरिएको सम्झौतामा मिडिया हबका तर्फबाट कम्पनीका अध्यक्ष धितालले हस्ताक्षर गरे भने भायानेट कम्युनिकेसन्सका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक विनय बोहरा तथा एनआईटिभी स्ट्रिम्ज तर्फबाट कम्पनीका कार्यकारी निर्देशक मनोजकुमार अग्रवालले गरे ।
सम्झौता अनुसार अब नेटटिभी र भायानेटका ग्राहकले विश्वकप फुटबल २०२२को प्रत्यक्ष प्रशारण हेर्नसक्ने पक्का पक्की भएको छ ।
त्यसैगरी विज्ञापन बिक्री प्रबन्धका लागि एडप्याड एक्युजिसन प्रालि मार्केटिङ पार्टनर रहने गरी अर्को छुट्टै सम्झौतामा दुवै कम्पनीका तर्फबाट हस्ताक्षर सम्पन्न भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here