प्रतिनिधि सभाको अन्तिम बैठक सुरु: आज राती १२ बजे देखि प्रतिनिधि सभाको म्याद सकिदै

काठमाडौं ।  प्रतिनिधिसभाको अन्तिम बैठक सुरु भएको छ। आजको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन्। संसद सचिवालयका अनुसार दलीय आधारमा सांसदहरुले सम्बोधन गर्न लागेका हुन्।

सरकारले पनि संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार मध्यरातदेखि संसद्को ११औं अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। आजको कार्यसूचीमा सभामुखले राष्ट्रपतिले पठाएको पत्र संसद्लाई जानकारी गराउने उल्लेख छ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची असोज २–३ मा बुझाउने निर्वाचन कार्यतालिका भएकाले सोभन्दा अगाडि नै प्रतिनिधिसभाको आयु सकिएको हो। प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते हुँदैछ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here