रुबीभ्याली म्हेन्दोमाया कलाकार संघ नेपाल द्वारा आज शुभकामना आदानप्रदान कार्यक्रम हुने

धादिङ । म्हेन्दोमाया कलाकार संघ नेपाल रुबीभ्याली गाउँपालिका कार्यसमिति द्वारा बिजय दशमीको पावन अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको छ ।
माछापोखरी स्थित नागार्जुन पार्टी प्यालेसमा बिहान ११ बजे देखि कार्यक्रम सुरु हुने भएको हो । कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रम हुने म्हेन्दोमाया कलाकार संघ नेपाल रुबीभ्याली धादिङका अध्यक्ष जयबिर तामाङले बताउनु भयो । बिगत लामो समय देखि म्हेन्दोमाया कला एब तामाङ संस्कृतिको प्रबर्द्धन र संरक्षणको निम्ति यश संस्थाले काम गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here