क्रियाशिल पत्रकार महिला धादिङको चौथो अधिबेशन सम्पन्न: अध्यक्षमा सरिता श्रेष्ठ

धादिङ । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) जिल्ला शाखा धादिङको चौथो अधिबेशन शुक्रबार धादिङबेशीमा सम्पन्न भएको छ । छ । अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै कार्यसमितिको उपाध्यक्षमा गीता अधिकारी, सचिवमा गोमा थापा, सह–सचिवमा शुशिला विश्वकर्मा र कोषाध्यक्षमा सितल सापकोटा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सविना तामाङ र दिपा लम्साल चयन हुनुभएको छ । थप २ जना सदस्य कार्यसमितिले मनोनित गर्ने निर्णय गरेको छ ।
क्रियाशिल पत्रकार महिला धादिङका अध्यक्ष निरमाया गुरुङ (डोल्मा) को अध्यक्षतामा सम्पन्न अधिवेशनमा क्रियाशिल पत्रकार महिला धादिङका सस्थापक अध्यक्ष गायत्री खतिवडा, प्रेस युनियन धादिङका अध्यक्ष पोष्टनाथ अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्ग (फोनिज) धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ, नेवा पत्रकार राष्ट्रिय दबु धादिङका अध्यक्ष सन्तोषराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।