तपाईंको मोबाइलमा यो म्यासेज पक्कै आएको हुनुपर्छ: के हो त MDMS ?

काठमाडौ । मोबाइल सेटको गैरकानूनी आयात,विक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट MDMS प्रणाली लागु गरिएको छ । मिति २०७९ भाद्र ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरले ल्याईएका मोबाइल सेट लगायत आजको मितिसम्म चालु रहेका सबै मोबाइल सेटहरु स्वतः MDMS प्रणालीमा दर्ता हुने व्यवस्था नेपाल दुरसंचार प्राधिकरणले मिलाईएको छ। अव २०७९ भाद्र ३० गते पश्चात मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको MDMS प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्नुपर्ने भएको छ । अन्यथा तपाईंले खरिद गर्नुभएको मोबाईल MDMS प्रणालीमा दर्ता भएको छैन भने उक्त मोबाइल स्वत: नचल्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here