रुबीभ्यालीका शिक्षकहरुलाई ५ दिने क्षमता अभिवृद्धि तालिमको सुरुवात

धादिङ । शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजनामा र रुबीभ्याली गाउँपालिकाको समन्वयमा मंगलबार देखि शिक्षकहरुका लागि क्षमता अभिवृद्धि सम्बन्धि ५ दिने (पुनर्ताजगी) तालिम कार्यक्रमको सुरुवात भएको छ ।

नुवाकोट तालिम केन्द्रका प्रशिक्षक रमेश प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा रुबीभ्याली गाउँपालिका प्रशासकीय प्रमुख बिशाल बस्यालको प्रमुख आतिथ्य रहेको थियो भने विशेष आतिथ्यतामा रुबीभ्याली गाउँपालिका स्रोत ब्यक्ति उत्तमलाल तामाङको रहेको थियो ।

रुबीभ्याली गाउँपालिका वडा न. ३ स्थित सेर्तुङमा बैशाख २५ गते देखि सुरु भएको तालिम २९ गते सम्म हुनेछ । तालिममा रुबीभ्याली गाउँपालिका अन्तर्गतका ३३ जना शिक्षकहरुको सहभागीता रहेको छ ।