रसुवागढी नाका आजदेखि खुल्यो

भदौ -३०, रसुवा । रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ । कोरोना भाइरसका कारण चिनियाँतर्फबाट बन्द भएको नाका आज बिहीबारदेखि सञ्चालनमा आएको हो ।
नेपाल भ्रमण आएका चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली चान्सुले बुधबार राष्ट्रपतिसँगको भेटवार्तामा रसुवागढी नाका खोल्ने बताएका थिए । त्यसलगत्तै रसुवागढी नाका सञ्चालन हुने चिनियाँ पक्षले नेपाललाई जानकारी गराएको थियो ।

चीनको तिब्बत क्षेत्रमा कोरोना भाइरस जोखिम बढेको भन्दै गत साउन २५ गतेदेखि बन्द भएको रसुवागढी नाका आजदेखि खुल्ला भएको रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले जनाकारी लिए । नाका खुलेसँगै बिहीबार १४ वटा कन्टेनर नेपालतर्फ आउने मैनालीले जनाकारी दिए ।
नाका बन्द भएपछि सामान बोकेका कन्टेनर चिनियाँ क्षेत्रमा रोकिएका थिए । जसले गर्दा व्यापारीहरुले दसैँको लागि सामान आयात गर्न पाएका थिएनन् । पहिलो चरणको लकडाउनयता लामो समय नाका ठप्प भएको थियो । त्यसपछि खुलेको भन्सारबाट साउन २५ गतेसम्म दैनिक सात वटा कन्टेनर नेपालतर्फ आउने गरेको थियो ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here