गठबन्धन बिच सिट बाँडफाँटका निम्ति आज पनि बैठक बस्दै

काठमाडौ । सत्तारुढ पाँच दलीय  गठबन्धनका  शीर्ष  नेताहरूको बैठक सोमबार बिहान बस्दैछ । सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार  गर्न  शीर्ष  नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बस्न लागेको हो ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ  खनालका अनुसार सिट  बाँडफाँटका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि आज थप छलफल हुने छ ।

कार्यदलले धेरै कुरा मिलिसकेको र मिल्न  बाँकी कुरामा आज छलफलबाट टुङ्गोमा पुग्ने गठबन्धनका शीर्ष नेताको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here