एसिया कप क्रिकेट २०२२ को उपाधि जित्यो श्रीलंकाले

काठमाडौं । पाकिस्तानलाई २३ रनले पराजित गर्दै एसिया कप क्रिकेट २०२२ को उपाधि श्रीलंकाले जितेको छ। श्रीलंकाले छैटौं पटक एसिया कपको उपाधि जितेको हो। श्रीलंकाले यसअघि सन् २०१४ मा प्रतियोगिताको उपाधि जितेको थियो।
श्रीलंकाले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा एक सय ४७ रनमै समेटियो। पाकिस्तानका ओपनर मोहम्मद रिजवानले ५५ रन बनाए। इफ्तिखर अहमेदले ३२ रन बनाए। श्रीलंकाका प्रमोद मदुसनले सर्वाधिक चार विकेट लिए।
यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७० रनको योगफल खडा गर्‍यो।
श्रीलंकाका लागि भानुका राजापाक्षेले सर्वाधिक अविजित ७१ रन बनाए। यस्तै, वनिन्दु हसरंगाले ३६ रन जोड्दा धनन्जय डी सिल्भाले २८ रन थपेका थिए । यस्तै, चमिका करुणारत्ने १४ रनमा अविजित रहेका थिए।
पाकिस्तानका ह्यारिस रौफले सर्वाधिक तीन विकेट लिए। यसबाहेक, नसिम साह, इफ्तिखर अहमेद र सदाब खानले समान एक विकेट लिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here