जुम्लामा तेस्रो पटक स्याउ महोत्सव हुँदै

जुम्ला । जुम्लामा “तेस्रो जुम्ला स्याउ महोत्सव” हुने भएको छ । आगामी भदौ २८ गते जुम्ला सदरमुकामको मुख्य बजार स्थित बाल मन्दिरमा तेस्रो स्याउ महोत्सव लाग्ने भएको हो । महोत्सवको आयोजना कान्जिरोवा टाईम्स मासिक पत्रिकाले गर्ने छ ।
महोत्सवमा आठ पालिका, कृषि विकास कार्यालय, स्याउ सुपरजोन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र बाग्वानी अनुसन्धान केन्द्र राजिकोटले सहयोग गर्ने भएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन मार्फत जुम्ली स्याउको बजारीकरण,किसानको आयस्तर वृद्धिमा जोड दिन स्याउ महोत्सव गर्न लागिएको कान्जिरोवा टाईम्सका प्रकाशक महेन्द्र कार्कीले बताए ।

उनका अनुसार स्याउ महोत्सवमा नेपालका ख्याति प्राप्त लोक गायक प्रकाश सपूत आउने भएका छन् । महोत्सवमा स्थानीय पन्चेबाजा, डुड्के र स्थानीय कलाकारको समेत प्रस्तुती रहने छ । जुम्ली लोकल जातका स्याउको बजार प्रवर्द्धन,स्याउमा किसानको आर्कषण बढाउन र स्याउबाट उत्पादन हुने विभिन्न परिकार बिक्रीका लागि समेत महोत्सव गरिँदै छ ।
प्रकाश कार्कीले भने, विगत दुई वर्ष पहिले लगातार स्याउ महोत्सव गर्दै आएका थियौ । तर पछिल्ला दुई वर्षमा कोरोना महामारीले महोत्सव हुन सकेन । तर यश वर्ष राष्ट्रिय कलाकार प्रकाश सपूत सहित स्थानीय झाँक्री सहित महोत्सव लगाउने तयारी गरेका छौ ।
महोत्सवमा जुम्लाका सबै किसानलाई आफूले उत्पादन गरेका स्याउ र स्याउबाट बनाइएका परिकारहरू समेत ल्याएर आउन अनुरोध गरिएको छ ।
एक दिन अन्तरक्रिया र एक दिन महोत्सव गरि दुई दिन लाग्ने स्याउ महोत्सवका लागि अनुमानित ५ लाख खर्च लाग्ने आँकलन गरिएको समेत कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए।
महोत्सवमा कृषि विज्ञहरूले किसानको स्याउको स्वाद,गुणस्तर, र साइज परिक्षण गर्ने छन् । उत्कृष्ट हुने किसानलाई पुरस्कृत गरिने छ । स्याउबाट बन्ने ब्राण्डि,जाम जेलि वाईनको बजारीकरण हुने छ ।
कर्णाली भन्ने बित्तिकै रारा, से(फोक्सुण्डो,मानसरोवर मात्र नभई जुम्लालाई स्याउ पर्यटनका रुपमा विकास गरि आर्थिक समृद्धि हासिल गर्ने स्याउ महोत्सवको लक्ष्य छ । उत्पादन बढ्दै गएको जुम्ली स्याउको बजारीकरणमा टेवा पुराउने लक्ष्य छ । साथै कलाकार प्रकाश सपुतको खान बस्नका लागि होटल दौँतरीले नि:शुल्क व्यवस्थापन गर्ने भएको छ ।
यस वर्ष जुम्लामा १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ । भने स्याउ निर्यातबाट झण्डै ५० करोड जुम्लामा भित्रिने आँकलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here