कृषि तथा पशु बिकासको कार्यक्रम साझेदारीमा गर्न रुबीभ्याली द्वारा आसयपत्र आह्वान

धादिङ । रुबीभ्याली गाउँपालिकाले साझेदारीमा कार्यक्रम संचालन गर्न इच्छुक निजी क्षेत्र/गैरसरकारी संघ संस्थाको लागि आसयपत्र आह्वान गरिएको छ ।

“रुबीभ्याली गाउँपालिकाको साझेदारी कार्यक्रम संचालन कार्यविधी २०८९” को कार्यान्वयन गर्दै यसैको अधीनमा रहि आर्थिक बर्ष २०७९/८० देखि सुरु हुने गरि बहुबर्षिय/सालबसाली रुपमा कृषि तथा पशु बिकासको क्षेत्रमा कार्यक्रम संचालनको लागि आह्वान गरिएको हो ।

साथै योग्यता पुगेका इच्छुक निजी क्षेत्र/गैरसरकारी ब्यक्ति/संस्थाले आवस्यक कागजात सहित प्रथम पटक प्रकाशित सूचनाको १५ दिन भित्र पालिकामा आसयपत्र पेस गर्न समेत अनुरोध गरिएको छ ।

(प्रथम पटक प्रकाशित मिति २०७९/०५/२४ गते)
थप जानकारीको लागि पालिका द्वारा प्रकाशित सूचनामा हेर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here