नवराज लम्साललाई ‘मदन पुरस्कार’ र दुर्गाप्रसादलाई ‘जगदम्बा-श्री’ सम्मान

कला/साहित्य । यो वर्षको जगदम्बा श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’ का सम्पादक दुर्गाप्रसाद श्रेष्ठ र मदन पुरस्कार नवराज लम्सालको महाकाव्य ‘अग्नि’ लाई प्रदान गरिने भएको छ ।
मदन पुरस्कार गुठीको आज (शनिबार) को बैठकले श्रेष्ठलाई जगदम्बा श्री र लम्सालको कृति अग्निलाई मदन पुरस्कार प्रदान गर्ने निणर्य गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिएका छन । दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ र प्रमाणपत्र रहेको छ ।

यस वर्ष मदन पुरस्कारको सर्ट लिस्टमा ८ पुस्तक परेका थिए । जसमा डा. दामोदर पुडासैनी ’किशोर’ को ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दिपा मेवाहाङ राईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्रा. नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत- नेपाली शब्दकोश, सुजित मैनालीको सती ः इतिहास र मीमांसा र पद्मसुन्दर जोशीको हिति प्रणाली थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here