दक्षिण कोरियामा एक दिनमै १ लाख बढीमा कोरोना पुष्टि

दक्षिण कोरियामा कोरोना भाइरसबाट शुक्रबार एक लाख एक हजारभन्दा बढी संक्रमित भएका छन्।

सरकारी अधिकारीका अनुसार कोरियामा थप एक लाख एक हजार १४० जना संक्रमित भएका हुन्। अघिल्लो दिनको तुलनामा शुक्रबार संक्रमितको सङ्ख्या घटेको देखिएको छ। 
अहिलेसम्म कोरोना भाइरसबाट संक्रमितहरुको कुल सङ्ख्या दुई करोड २८ लाख दुई हजार ९८५ पुगेको छ। 
अघिल्लो दिन एक लाख १३ हजार तीन सय ७१ जना संक्रमित भएको विवरण सार्वजनिक गरिएको थियो। अघिल्लो हप्ता औसतमा एक लाख १४ हजार ७६५ जना संक्रमित भएका थिए।  
अहिले संक्रमित अवस्थामै रहेकामध्ये ५७५ गम्भीर छन। तीमध्ये नौ जना पछिल्लो एक दिनमा थपिएका हुन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here