मुक्तक मञ्च द्वारा राष्ट्रिय मुक्तक पुरस्कार-२०७८ अर्पण समारोह सम्पन

काठमाडौ । मुक्तक मञ्च केन्द्रिय समितिको आयोजना र मुक्तक मञ्च काठमाडौ शाखाको सह कार्यमा बुधबार बिहान काठमाडौको स्काई व्याङ्क्वेटको सामाखुसीको हलमा मुक्तक मञ्च केन्द्रिय समितिले प्रदान गर्ने राष्ट्रिय मुक्तक पुरस्कार-२०७८ स्व चेतन कार्कीलाईदिने निर्णय अनुरुप उहाँ कि धर्मपत्नी गंगा कार्कीलाई अर्पण समारोहका साथै नियमित मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रिय अध्यक्ष रामजी प्रसाद आचार्यको अध्यक्षतामा र नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव प्रा ,जगत प्रसाद उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथिहरु : प्रा.डा.गार्गी शर्मा ,डा.सत्यराज थपलिया , डा. शैलेन्दु प्रकास नेपाल , डा. दामोदर पुडासैनी ,डा.शशि थापा पण्डित रेणु अधिकारी मौनता , सम्मानित स्रष्टा स्व चेतन कार्कीकी धर्मपत्नि गंगा कार्की, छोरा पङ्कज कार्की र नातिनी लक्ष्मी के सी ,पत्रकार उमेश पाण्डे , पुरुषोत्तम रसुवा लगायतका अन्य अतिथिको उपस्थिति रहेको कार्यक्रमको मुक्तक मञ्च काठमाडौका सचिब सोहन खतिवडाले सन्चालन र स्वागत मन्तव्य अध्यक्ष राजेन्द्र घिमिरे” सागर”बाट भएको थियोे ।यस कार्यक्रममा मुक्तक वाचकहरु ,भवानी अधिकारी ,शम्भु गजुरेल अज्ञानी,वासुदेव ठकुरी,रेणु अधिकार मौनता,तारा के सी
बसन्त पोखरेल विवस,गान्धारी कैनी,गोविन्द दाहाल रास्ट्रबादी , उत्तम बिचार लगायतले मुक्तक वाचन गर्नु भएको थियो कार्यक्रम सभ्य भव्य रुपमा सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here