सांसद सिंखडा द्वारा धादिङको सिमबेसी–आगिञ्चोक कालोपत्रे सडकको शिलान्यास

धादिङ । त्रिपुरासुन्दरीको सिमबेसी गोलाङ आगिञ्चोक बेलुङभञ्ज्याङ देखि गंगाजमुनाको फुलखर्क गुम्दी सडकको सिमबेसी देखि साढें ७ किलोमिटर सडक २७ करोड ३० लाखमा कालोपत्र हुने भएको छ ।
उक्त निमार्ण कार्यको लागि बुधबार एक कार्यक्रमका बीच बागमती प्रदेशका सांसद जगत सिंखडाले शिलान्यास गर्नुभएको छ ।

कार्यक्रममा बोल्नु हुदै, विगत २५ वर्ष देखि हुन नसकेका काम आफूले ५ वर्षे कार्यकालमा गरेको दावी गर्दै, शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, विद्युतिकरण, उत्तरी धादिङको सडक संजाल जस्ता विकासका संरचनालाई हेरे पुग्ने समेत प्रदेश सांसद सिंखडाले दावी गर्नुभएको छ ।
उनले आफ्नो कार्यकालमा उत्तरी धादिङलाई सडक संजाल सँग जोड्न बिभिन्न ठाउँहरुमा ६ वडा पक्की पुलहरु बनि सकेको भन्दै अबको केहि महिनामा लापामा बस पुग्ने समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै ठेकेदार कम्पनी गौरी पार्वती त्रिपुरासुन्दरी अम्बुजा जेभी का दिपक पाण्डेले आफू स्थानीय नै भएकोले कामको गुणस्तरमा र तोकिएको मितिमा हुन्नकी भन्ने चिन्ता नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापति समेत रहनुभएका त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले विकास निर्माणका कार्यमा स्थानीयको सहयोग अपरिहार्य हुने भन्दै कुनैपनि कार्यमा अवरोध नगर्न स्थानीय बासिन्दालाई आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here