बालुवाटारमा ओली र देउवा बिच भेट: के के कुराहरूमा भयो छलफल

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच चार विषयमा छलफल भएको छ । बुधबार बिहान साढे ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । उनीहरुको भेटमा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र उपमहासचिव विष्णु पौडेल पनि सहभागी थिए ।

सञ्चारमन्त्री कार्कीका अनुसार भेटमा ओलीले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन प्रक्रिया, नागरिकता सम्बन्धि र महँगीका विषय प्रधानमन्त्री देउवासामु जिज्ञासा राखेका थिए । प्रधानमन्त्री देउवाले ओलीले उठाएका चारै विषयमा सकरात्मक जवाफ दिएका थिए ।

सञ्चारमन्त्री कार्कीले प्रधानमन्त्री देउवाको भनाई उदृत गर्दै भने, ‘निर्वाचनको निष्पक्ष र विश्वसनियतामाथि तपाईँ निसंकोच भएर निर्वाचनको तयारी गर्नुस् । सरकारले निर्वाचन निष्पक्षपूर्ण ढंगले गर्छ ।’  उनका अनुसार शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन चाहेको ओलीलाई प्रधानमन्त्री देउवाको जवाफ थियो । मन्त्री कार्कीले अगाडि भने, ‘नेपालीका छोराछोरीले नागरिकता नपाएको अवस्था छ । उनीहरुलाई नागरिकता पाउने व्यवस्था मिलाउने विधेयक ल्याउनु परेको हो भन्नुभयो ।’ 

प्रधानमन्त्री देउवाले महँगी नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । ओलीले राखेका चार विषयलाई गठबन्धनको बैठकमा पनि राख्ने प्रधानमन्त्री देउवाले बताए । उनले भने, ‘तपार्ईँले राखेका कुरामा मैले सकारात्मक रुपमा लिएको छु । यी सबै विषय गठबन्धनको बैठकमा पनि राख्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here