आज देखि खप्तड लघुवित्तको आईपीओ बिक्री खुल्ला

काठमाडौ । आजदेखि खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बिक्री खुल्ला भएको छ । कम्पनीले बुधबारदेखि कुल चुक्ता पुँजीको ३३ प्रतिशत अर्थात् १ करोड ३२ लाख लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर जारी गरेको हो । 

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल सेयर मध्ये ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता संस्थाको कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिएको छ । 

इच्छुक खरिदकर्ताहरुले छिटोमा भदौ १२ गतेसम्म र ढिलामा भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले इक्रा नेपाल लिमिटेडबाट डबल बी माइनसको रेटिङ्ग पाएको छ । 
कम्पनीको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here