भारतद्वारा पाकिस्तानमा मिसाइल प्रहार प्रकरण बारे अनुसन्धान सकियो: कारण यस्तो

अन्तरास्ट्रिय खबर । भारतको मिसाइल ‘गल्ती’ ले पाकिस्तानी भूभागमा खसेको विषयमा अनुसन्धान सम्पन्न भएको छ । अनुसन्धानमा तीन अधिकारीले न्यूनतम सञ्चालनको कार्यविधि पुरा नगरेको कारण अचानक मिसाइल प्रहार भएको उल्लेख गरिएको छ ।

घटनामा संलग्न तीन अधिकारीलाई घटनामा जिम्मेवार ठहर गरिएको छ। केन्द्र सरकारले तत्काल लागू हुनेगरी तीन अधिकारीलाई सेवाबाट बर्खास्त गरेको छ। अधिकारीहरुलाई आज नै जागिरबाट हटाउने आदेश दिइएको छ ।

यसै वर्ष ९ मार्चमा भारतले ‘गल्तीले’ पाकिस्तानको भूभागमा ब्रह्मोस मिसाइल प्रहार गरेको थियो। यो मिसाइल पाकिस्तानको चान्नु क्षेत्रमा खसेको थियो । ब्रह्मोस मिसाइलले ध्वनीभन्दा तीन गुणा छिटो यात्रा गर्छ । यद्यपि यो मिसाइलमा वारहेड लोड गरिएको थिएन र यस घटनामा सीमाको दुबै तर्फ कोही घाइते भएनन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here