गृहमन्त्रीको सुरक्षागार्ड कार्कीमाथि सुन तस्करीको घटनामा मुछिए संगै प्रहरीको छानबिन शुरु

काठमाडौ । नेपाल प्रहरीले गृहमन्त्री बालकृष्ण खाँणको ‘सुरक्षा समूह’ मा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक टङ्क कार्कीमाथि अनुसन्धान थालेको छ ।
‘सुन तस्करसँग गृहमन्त्रीको सुरक्षार्थ खटिएका पिएसओ टङ्क कार्कीको संलग्नता’ भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कार्कीमाथि प्रहरीले अनुसन्धान थालेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले कार्कीलाई प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुगमन महाशाखामा झिकाई छानबिन तथा अनुसन्धान भइरहेको जनाएका छन । ‘छानबिन तथा अनुसन्धानपश्चात् उनी दोषी देखिए कानूनबमोजिम कारबाही गर्ने व्यहोरा समेत अनुरोध गर्दछु’, राईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here