समाजवादी चिन्तन र जीवनशैली आजीवन लागु गरेका प्रदीप​ गिरिको जिबनी

काठमाडौ । नेपाली कांग्रेसका नेता एवम् सासंद प्रदिप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । घाटीको क्यान्सरको उपचाररत गिरिको (गएराति) शनिवार राति ९.३०मा ललितपुरको मेटिसिटी अस्पतालमा उनको निधन भएको छ । भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर फर्किएका गिरिमा न्युमोनिया देखिएपछि एक महिनाअघि मेडिसिटी भर्ना गरिएको थियो । थप समस्या देखिएपछि गएको बिहीबार बिहानदेखि भेन्टिलेटरको सपोर्टमा राखिएको थियो ।
घाँटीमा क्यान्सर देखिएपछि गिरिको सुरुमा नयाँ दिल्लीमा किमो उपचार भएको थियो । स्वरयन्त्रमा क्यान्सर देखिएका कारण अप्रेसन गरेपछि बोली बन्द हुने भएकाले अप्रेसन गरिएको थिएन । दिल्लीमा पछि मुम्बईमा गिरिको ‘रेडिएसन’ उपचार भयो । उनी स्वास्थ्यमा सुधार देखिएपछि नेपाल फर्किएका थिए ।

को हुन गिरि ?
प्रदीप गिरिको जन्म २००४ सालामा सिरहाको बस्तीपुरमा भएको थियो । गिरिले २०१७ सालदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीतिमा थालेका थिए । बुवा मित्रलाल गिरि कांग्रेसको राजनीतिमा सक्रिय भएको कारण पनि प्रदिपको राजनीति यात्रा सानैदेखि सुरु भयो । नेपालका सबैजसो शान्तिपूर्ण राजनीतिक आन्दोलनमा उनी सहभागी थिए । त्यसक्रममा उनी कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका सहयात्रीसमेत भए । बिपीसंग उनको भारतको बनारसमा छात्र संघमा निर्वाचन लड्दादेखिको राजनीतिक संगत थियो । राजनीतिक संघर्षकै क्रममा गिरिले करिब तीन वर्ष जेलजीवन बिताए ।
राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष उनले जेल जीवन बिताइसकेका छन् । उनी २०२४ सालमा नेपाल छात्र सङ्घ ९बनारस० को निर्वाचित उपाध्यक्ष थिए । २०४८ पछि २०५१ सालको संसदीय निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएपछि गिरि राष्ट्रिय राजनीतिमा उदाएका थिए । गिरिलाई कृष्णप्रसाद भट्टराईले आफ्नो सरकारमा मन्त्री बनाउन खोजे पनि उनी मन्त्री बनेन् ।
०५६ साल निर्वाचनमा सिरहा ५ मा पराजित भएका उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा समानुपातिक सभासद भए । वि।स ०७४ मा भएको निर्वाचनमा उनी सिराहा १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । २०५६ को पोखरा महाधिवेशनबाट गिरि केन्द्रीय सदस्य निर्वाचित भएका थिए । गएको मंसिरमा सम्पन्न १४औं महाधिवेशनसम्म उक्त भूमिकामा रहे । क्यान्सरको उपचारार्थ अस्पतालमा रहेकाले १४औं महाधिवेशनमा भने सहभागी भएनन् ।
देउवाले पार्टी फुटाउने बेलामा पनि गिरि देउवाकै साथमा थिए । समाजवादी चिन्तन र जीवनशैलीप्रति जसरी आजीवन सम्झौता गरेनन् । राजनीतिक द्वन्द्वमा आफ्नो कित्ता सधैं प्रष्ट पारे । गिरिले भन्थे– युद्धमा योद्धाले आफ्नो कित्ता प्रष्ट पार्नैपर्छ ।
भारत, जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गरेका गिरिले नेपाली राजनीतिमा प्रखर नेताको छवि बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here