रुबीभ्यालीले शिक्षालाई आधुनिकीकरण र प्रभावकारी बनाउन डिजिटल शिक्षा प्रणाली लागु गर्दै

धादिङ । रुबीभ्याली गाउँपालिकाले शिक्षालाई प्रभावकारी बनाउन एबं आधुनिकीकरण गर्न डिजिटल शिक्षा प्रणाली सुरु गर्ने भएको छ ।
विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई एकैसाथ सूचना प्रविधिमा अभ्यस्त गराउन रुबीभ्याली गाउँपालिका सामुदायिक माध्यमिक विद्यालयमा डिजिटल शिक्षा प्रणाली सुरु गर्न लागिएको हो ।

पहिलो चरणमा गाउँपालिकाले १० कक्षालाई डिजिटल प्रविधिबाट पठनपाठन गराउने तयारी थालेकोमा छिट्टै पालिका भरिका सम्पुर्ण विद्यालयहरुका सबै कक्षाहरुमा डिजिटल शिक्षा प्रणाली लागु गरिने गाउँपालिका प्रमुख रामसिङ तामाङले बताउनु भयो । डिजिटल शिक्षा तयारीका लागि गाउँपालिकाका पालिका प्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत, प्रधानाध्यापकहरुको टिम सहित काठमाडौंमा आइटी टीमसंग भेट समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here