म्यागङ गाउँपालिका द्वारा सम्भोटा लिपिमा तामयिग लेखनशैलीको तालिम सम्पन्न

नुवाकोट । म्यागाङ गाउँपालिकाको स्थानीय पाठ्यक्रममा समेत लागु गरिएको सम्भोटा लिपिमा तामयिग लेखनशैली बारे २ दिने तालिम गाउँपालिकाको आयोजनमा शनिबार सम्पन्न भएको तालीममा सहभागी अमर तामाङले होराईजन खबरलाई बताउनु भयो ।

म्यागङ सेरोफेरो स्थानीय पाठ्यक्रम २०७९ प्रकाशनमा समभोटा लिपिमा तमयिग लेखनशैली अन्तर्गत रहेर भाषा संग संगै लिएर जातिय कला,संस्कृतिहरुलाई पनि जोगाउन र बिद्यालय स्तरमा नै यसलाई अगाडि लैजाने गरि उक्त स्थानीय पाठ्यक्रम लागू गरिएको हो ।

पहिलो एकाई तामाङ भाषा, लिपिमा हुने र अन्य एकाइ नेपालीमा वा तामाङ भाषामा नै हुने भएकोले म्यागाङ गाउँपालिकाका बालबालिकाहरुले आगामी दिनहरूमा तामाङ भाषा र लिपी सिक्न पाउने प्रमुख भाषा प्रशिक्षक धनम तामाङले बताउनु भयो ।

कार्यक्रममा म्यागङ गाउँपालिका अध्यक्ष लगायत सम्पुर्ण वडाका वडा अध्यक्षहरु एब विभिन्न विद्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here