रुबीभ्याली ५ लापाको पसलहरु अनुगमन: ३५ मध्य २३ पसलमा म्याद सकिएका सामान भेटिए

धादिङ । रुबीभ्याली गाउँपालिका वडा न. ५ को लापा गाउँमा रहेका पसल, होटेल लगायत ब्यबसायहरुको बस्तु तथा समानहरुको गुणस्तर बारे अनुगमन गरिएको छ । सोही वडाका वडा अध्यक्ष रम्बा तामाङ लगायत वडा सदस्यहरु एबं लापा प्रहरी चौकीका प्रहरीहरु सहितको नेतृत्वमा ३ दिन देखि सुरु भएकोमा आज सम्पन्न भएको छ ।

अनुगमनको क्रममा ३५ पसल तथा होटलहरु मध्य बाट २३ पसलहरु बाट म्याद सकिएका गुणस्तर हिन सामानहरु भेटिएको वडा अध्यक्ष रम्बा तामाङले होराईजन खबरलाई बताउनु भयो ।

साथै उक्त म्याद सकिएका सामनहरु सम्भव भए खरिद गरेकै स्थानमा फिर्ता गर्ने वा फिर्ता नभए गाउँ मै नष्ट गरिने तामाङले बताउनु भयो ।

त्यसै गरि आगामी दिनहरुमा पालिका संग समन्वय गरेर सम्पुर्ण वडामा संचालित पसल, होटल लगायत सबै किसिमका ब्यबसायहरु अनिवार्य रुपमा प्यान तथा भ्याटमा दर्ता गरि नियमित रुपमा अनुगमन गरिनुको साथै नेपाल सरकारको मापदण्ड अनुसार कर तिर्नु पर्ने वातावरणको समेत सृजना गरिने वडा अध्यक्ष रम्बा तामाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here