फेसबुकमा गोप्य कुरा गर्न अब झन् सजिलो : ‘सेक्रेट कन्भर्सेसन’ फिचरको सुबिधा

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले गोप्य कुराकानी गर्न ‘सेक्रेट कन्भर्सेसन’ फिचरमार्फत प्रयोगकर्तालाई इन्ड-टु-इन्ड इन्क्रिप्सन सेवा दिइरहेको छ । यसका लागि प्रयोगकर्ताले आफूले गोप्य कुरा गर्न चाहेको व्यक्तिसँग छुट्टै सेक्रेट कन्भर्सेसनको च्याटबक्स क्रियट गर्नुपर्ने हुन्छ ।

तर कम्पनीले अब फेसबुकमा गोप्य कुराकानीलाई थप सहज बनाउने भएको छ । कम्पनीले फेसबुक मेसेन्जरमा डिफल्ट फिचरको रुपमा इन्ड-टु-इन्ड इन्क्रिप्सन सेवा दिनको लागि परीक्षण गरिरहेको छ ।

कम्पनीले यही हप्तादेखि केही सीमित प्रयोगकर्तामाझ यो फिचरको परीक्षण गर्ने बताएको छ । डिफल्ट रुपमा उपलब्ध हुने इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचरले प्रयोगकर्तालाई थप सुरक्षा प्रदान गर्ने कम्पनीको बुझाइ छ ।

यो फिचरमा कम्पनी आफैँले पनि प्रयोगकर्ताको कुराकानीको कुनै पनि रेकर्ड राख्नसक्ने छैन । साथै यस्तो प्रकारको कुराकानी कुनै ह्याकरले ह्याक गर्न कठिन हुने बताइएकाे छ ।

त्यस्तै यो फिचरले डिजिटल कुराकानीलाई सुरक्षित पनि बनाउने कम्पनीले बताएको छ ।

पछिल्ला केही वर्षमा प्रयोगकर्ताको सुरक्षा तथा सुरक्षित प्रयोगको लागि मेटा इन्क्रिप्सनमा काम गरिरहेको छ । ह्वाट्सएपमा अहिले पनि डिफल्ट रुपमा नै इन्ड-टु-इन्ड इन्क्रिप्सन फिचर उपलब्ध गराइएको छ ।
इन्स्टाग्राममा पनि यो फिचरको परिक्षण सुरु भइसकेको छ । तर मेसेन्जरमा भने यो फिचर उपलब्ध नगराएको भन्दै प्रयोगकर्ताहरूले मेटाको आलोचना गरिरहेका थिए ।
लामो समयको आलोचनापछि अब भने कम्पनीले डिफल्ट रुपमा यो फिचर उपलब्ध गराउने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here