लपाङ खोलाको पक्की पुलको दयनीय अवस्था: सरोकार निकायको ध्यान पुग्न सकेन

धादिङ । उत्तरी धादिङ जोड्ने लपाङखोलाको पुलको दयनीय अवस्थाले त्यस क्षेत्रका सिङ्गो राजनितीज्ञ, स्थानीय जनप्रतिनिधि, सांसद ज्युहरुलाई उहाँहरु कति जिम्मेवार हुनुहुन्छ, बिकास र परिबर्तनका निम्ति कति तत्पर र योग्य हुनुहुन्छ भनेर प्रश्न गरिरहेको छ ।

स्थानीय निर्वाचनमा यहीँ पुल भएर भोट माग्न नेता कार्यकर्ता गाउँ पसे, अब फेरि त्यही पुल भएर भोट माग्ने बेला आउदै छ । जनप्रतिनिधिहरु आफ्ना प्रतिबद्धता प्रति कति इमानदार छन भन्ने एउटा उदाहरण हो यो पुलको बर्तमन अवस्था ।

बिगत लामो समय देखि सवारी साधन आवतजावत गर्न निकै जोखिम भएकोमा हाल बर्षातको समयमा समेत सर्बसाधारण मानिसहरू त्यस पुल भएर हिडदुल गर्दा झुक्किएर भत्किएको स्थान बाट लड्न सक्ने सम्भावना रहेको छ ।

करोडौंको पुल निर्माण भै सके पछि त्यसको सदुपयोग र संरक्षण गर्नु त त्यस क्षेत्रका सरोकार निकायको दायित्व होइनर ? वा पुल निर्माण गर्ने निर्माण ब्यबसायी कै गल्ती कमिकमजोरी भए त्यसलाई मर्मत तथा पुर्न निर्माण गर्न लगाउनु पर्ने होइन र ?

यस पुलको बर्तमन अवस्था देख्दा, दामन पाख्रीन राजमार्ग कहिले पक्की सडकमा परिबर्तन हुने हो भन्ने बिषयमा प्रश्न उठ्ने गर्दछ ।

तस्बिर : मर्कुश तामाङ, रुबीभ्याली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here