अमेरिकाको यौनिक तथा लैंगिक अल्पसंख्यक मामिला विशेष दूत जेसिका स्टर्न नेपाल भ्रमणमा

काठमाडौ । यौनिक तथा लैंगिक अल्पसंख्यक मामिला विशेष दूत जेसिका स्टर्न नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले पाँच दिने भ्रमणमा आएका जेसिकालाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

जेसिकाले नेपालमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग अन्तरर्क्रिया गर्नेछन्। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको क्षेत्रमा नेपाल दक्षिण एसियामै अब्बल रहेको बताइन्छ।
जेसिकाले नेपाल र अमेरिकामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार संरक्षणका क्षेत्रमा गर्न सकिने विभिन्न संयुक्त प्रयासहरूका बारेमा छलफलसमेत गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ।
उनले सरकारी अधिकारी, मानव अधिकारकर्मीहरुसँग पनि छलफल गर्ने बताइएको छ। उनी शनिबार बंगलादेश जाने कार्यक्रम रहेको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here