रुबीभ्याली गाउँपालिकाले निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

धादिङ । रुबीभ्याली गाउँपालिकाले पालिकामा रहेका एसईई तथा सो भन्दा माथि शैक्षिक योग्यता भएका बेरोजगार ब्यक्तिहरुलाई लोकसेवामा प्रवेश गर्न सहयोग गर्ने उदेश्यले निशुल्क लोकसेवा तयारी कक्षा संचालक गर्ने भएको छ ।

खरिदार, नायब सुब्बा, शाखा अधिकृत, बागमती प्रदेश लोकसेवा लगायत विभिन्न तहको तयारी मध्य इच्छुक ब्यक्तिहरुको मागलाई मध्यनजर गर्दै, सहभागीहरुलाई उपयुक्त हुने स्थान छनोट गरि कक्षा संचालन गर्ने पालिकाले बताएको छ ।

साथै इच्छुक ब्यक्तिहरुले सूचना प्रकाशन भएको मितिले एक महिना भित्र आफ्नो वडा तथा पालिका बाट पनि कक्षामा सहभागी हुन निवेदन दिनु सक्ने गाउँपालिकाले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here