नेपाली समय अनुसार बिहान करिब ७ बजे मंगलबार विश्वभर गुगल डाउन

रोचक खबर । सर्च इन्जिन जायन्ट गुगल मंगलबार विश्वभर डाउन भएको छ । रियलटाइम अनलाइन प्लेटफर्म डिटेक्टरका अनुसार हजारौं प्रयोगकर्ताले गुगल डाउन भएको भन्दै रिपोर्ट गरेका छन् । प्लेटफर्मका अनुसार नेपाली समय अनुसार बिहान करिब ७ बजे गुगल डाउन भएको थियो ।

यो समयमा गुगल अन्तर्गतका जिमेल, गुगल म्याप, गुगल इमेज लगायतका प्लेटफर्ममा समेत समस्या आएको थियो । यो विषयमा ४ हजार १ सय भन्दा बढी प्रयोगकर्ताले रिपोर्ट गरेको पाइएको छ ।

त्यस्तै नेटवर्क इन्टिलिजेन्स कम्पनी थाउजेन्डआई ईंकले गुगल डाउन हुँदा विश्वका ४० देशका १ हजार ३ सय ३८ ओटा सर्भरमा असर परेको जनाएको छ । जसमा अमेरिक, अस्ट्रेलिया, साउथ अफ्रिका, केन्या, इजरायल, दक्षिण अमेरिकाका केही भाग, युरोप र एशियामा चीन र जापानमा समेत प्रभाव परेको उल्लेख छ ।

प्रयोगकर्ताका अनुसार गुगल सर्च इन्जिनमा सर्च गर्दा ५०२ र ५०० इरर देखाएको थियो । भने, कतिपय प्रयोगकर्तालाई ३० सेकेण्ड पश्चात पूनः प्रयोग गर्न आग्रह गरिएको थियो । यो समस्या विङ, डकडक गो लगायतका वेब ब्राउजरमा समेत देखिएको उल्लेख छ । गुगल आउटेट भएको विषयमा गुगल आफैले भने हालसम्म कुनै जानकारी दिएको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here