वैज्ञानिकहरुको निष्कर्ष: पृथ्वीको दिनको समय रहस्यमयी तरिकाले लामो भइरहेको छ


काठमाडौ । तपाईंको दिन रहस्यमयी तरिकाले लामो भइरहेको छ । अर्थात् धर्तीको दिनको समय विचित्र तरिकाले बढिरहेको छ र यसको कारण वैज्ञानिकलाई पनि थाहा छैन । यदि यस्तै भइरह्यो भने निकै भयावह स्थिति पैदा हुने बताइएको छ । विश्वभरका एटोमिक क्लक्सले गणना गर्दै पृथ्वीको दिनको समय रहस्यमयी तरिकाले बढिरहेको बताएको छ । यसले हाम्रो समयको गणनामा मात्रै नभई जिपिएस, नेभिगेसन र सञ्चारसम्बन्धी थुप्रै अन्य प्रविधिमा पनि समस्या निम्त्याउने ।

धर्तीको दिनको गणना यसको अक्षमा परिक्रमाद्वारा गणना गरिन्छ । तर धर्तीले आफ्नो अक्षमा घुम्ने गति लगातार बढिरहेको छ । पछिल्ला केही दशकदेखि हाम्रो दिन छोटो भइरहेको थियो । जून २०२२ मा सबैभन्दा छोटो दिनको रेकर्ड पनि गरियो । अर्थात्, पछिल्लो आधा शताब्दीमा यो सबैभन्दा छोटो थियो । तर यो रेकर्ड स्थापित भएपछि अब धर्तीले गति स्लो पारिरहेको छ । दिन लम्बिँदै छन् । यसको कारण वैज्ञानिकलाई पनि थाहा छैन ।

हाम्रो फोन वा घडीले यही २४ घण्टाको सटीक समय देखाइरहेको छ । तर पृथ्वीले २४ घण्टामा लगाउने चक्कर अब केही समय बढि लिइरहेको छ । साधारणतया यो परिवर्तन करोडौँ वर्षमा हुने गर्छ । यति छिटोछिटो होइन । यद्यपि, वैज्ञानिकका अनुसार यसको कारण धर्तीमा आउने भूकम्प र आँधी पनि हुनसक्छन् ।
करोडौँ वर्षदेखि धर्तीको घुम्ने गति मन्द भइरहेको छ । चन्द्रमाबाट निस्कने टाइड्सको घर्षण पनि यसको कारण हुन् । हरेक शताब्दीमा २.३ मिलिसेकेन्ड धर्तीको दिनको समयमा जोडिँदै छ । केही करोड वर्ष अघि धर्तीको दिन १९ घण्टाको मात्रै हुने गर्दथ्यो । तर पछिल्लो २० हजार वर्षदेखि दोस्रो प्रक्रिया सुरु भयो । त्यो पनि विपरित दिशामा । धर्तीको गति बढ्न थाल्यो । यो कुरा हो अन्तिम हिमयुगको जब ध्रुवीय बरफ पग्लिँदा सतहको दबाब कम भइरहेको थियो । धर्तीको मेन्टल बिस्तारै ध्रुवतिर सर्दै थियो ।
यो ठ्याक्कै त्यस्तै गतिविधि हो जस्तै कुनै ब्याले डान्सरले आफ्नो घुम्ने गति बढाउनका लागि आफ्नो हातलाई शरीरको नजिक राख्ने गर्छन् । ताकि उसले आफ्नो एक्सिस अर्थात् खुट्टामा तीब्र रुपमा गोलो तरिकाले घुम्न सकियोस् । हाम्रो धर्ती घुम्ने गति त्यतिबेला बढ्छ जब उसको मेन्टल, एक्सिस नजिकै पुग्छ । यसका कारण धर्तीको हरेक दिन ०.६ मिलिसेकेन्ड कम हुन्छ । धर्तीको एक दिनमा ८६,४०० सेकेन्ड हुन्छन् ।

Odd news considering we just had the shortest day every recorded, neh?https://t.co/4lrC82a0YO
— Carol H Tucker (@CarolHTucker) August 8, 2022

पछिल्लो थुप्रै दशकदेखि धर्तीको आन्तरिक संरचना र सतहबीच एक सम्बन्ध बनेको छ । यदि कुनै ठूलै भूकम्प आयो भने यसले धर्तीको दिनको लम्बाईलाई परिवर्तन गरिदिन्छ । भलै अन्तर कम समयको होस् । जस्तै सन् २०११ मा जापानमा आएको ८.९ तीब्रताको भूकम्पले धर्तीको घुम्ने गतिलाई १.८ मिलिसेकेन्ड बढाइदिएको थियो । यो त ठूलो घटना भयो । यसका साथै यस्ता स–साना घटना भइरहन्छन् जसले धर्तीको दिनको समयलाई बदल्ने काम गर्छ जस्तै – जलवायु परिवर्तन, मौसम परिवर्तन आदि । यसले धर्तीको घुम्ने गतिलाई हरेक दिशाले प्रभावित गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here