एमाले धादिङको ‘कार्यकर्ता भेला तथा प्रशिक्षण’ संगै पार्टी प्रवेश कार्यक्रम सम्पन्न

धादिङ । नेकपा एमाले धादिङको आइतबार कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । साथै सोहि कार्यक्रममा अन्य दलका नेता कार्यकर्ताहरुलाई पनि प्रवेश कार्यक्रमको आयोजना गरेको हो ।

नेकपा एकीकृत समाजबादी धादिङ जिल्ला कमिटी सदस्यहरु अर्जुन अर्याल, रामप्रसाद सिलवाल, जिल्ला कमिटी सदस्य कुमार तामाङ साथै राष्ट्रिय युवा संघ समाजवादीका केन्द्रीय सचिव प्रज्ज्वल तामाङ एमालेमा प्रवेश गरेका छन् । यसैगरी नेकपा माओवादी केन्द्र धादिङका जिल्ला सचिवालय सदस्य होमबहादुर ढकाल पनि एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि एमाले उपाध्यक्ष युवराज ज्ञावाली, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल, नेकपा एमाले वागमती ईन्चार्ज काशीनाथ अधिकारी, केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज खेम लोहनी लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here