एमाले धादिङको ‘कार्यकर्ता भेला तथा प्रशिक्षण’ संगै पार्टी प्रवेश कार्यक्रम सम्पन्न

धादिङ । नेकपा एमाले धादिङको आइतबार कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । साथै सोहि कार्यक्रममा अन्य दलका नेता कार्यकर्ताहरुलाई पनि प्रवेश कार्यक्रमको आयोजना गरेको हो ।

नेकपा एकीकृत समाजबादी धादिङ जिल्ला कमिटी सदस्यहरु अर्जुन अर्याल, रामप्रसाद सिलवाल, जिल्ला कमिटी सदस्य कुमार तामाङ साथै राष्ट्रिय युवा संघ समाजवादीका केन्द्रीय सचिव प्रज्ज्वल तामाङ एमालेमा प्रवेश गरेका छन् । यसैगरी नेकपा माओवादी केन्द्र धादिङका जिल्ला सचिवालय सदस्य होमबहादुर ढकाल पनि एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा एमाले उपाध्यक्ष युवराज ज्ञावाली, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल, नेकपा एमाले वागमती ईन्चार्ज काशीनाथ अधिकारी, केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज खेम लोहनी लगायतको आतिथ्य रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here