केही थान सपना र रहरहरुलाई पुरा गर्न सकुँ: Happy Birth Day too Me

“मान्छेको जिबनमा एकपटक मात्र जन्म हुन्छ। या हरेक बर्ष/ या प्रत्येक बर्ष,जन्म दिनलाई स्मरण मात्र गरिन्छ।जिबन एउटा मात्र खण्ड हो, मानिसले नै बनाएको समय सिमा हेर्ने हो भने त जिबन खण्ड/खण्ड हो । यसैगरी आजबाट मेरो एक खण्ड सकिएको छ। अझ भनौं अहिले सम्म बाँचेको मेरो एक जिबन सकिएको छ। हिजो मात्र मैले म जन्मेको अन्तिम बर्ष हाँसे,अन्तिम सपना देखेँ,अन्तिम शब्द लेखेँ। मेरा आफन्त हरु संग अन्तिम समय हाँसेँ। आजबाट थाहा दिएजस्तो गरी,थाहा नदिएजस्तो गरी केही पुरा भएजस्तो गरी मेरो बर्ष सकिएछ। केही कुरा बित्नु,हराउनु,या त्यही अबस्थामा फर्कन नसक्नु,धेरै कुरा दिएर धेरै कुरा भताभुङ्ग छोड्नु र रहरैमा रहेको मेरो अगाडिको बर्षलाई भाबपुर्ण श्रर्दान्जली ।

“मेरो आजबाट अर्को जिबनको एक खण्ड सुरु हुँदै छ । म जन्मेको मा र अहिलेसम्म म बाँचेको मा मलाई अनेकौं बधाई केही थान सपना,रहर,र मेरा आकांक्षा हरु पुरा गर्न सकुँ,अझ धेरै बर्ष बाँच्न सकुँ,आफु, र आफन्त लाई खुसी बनाउन सकुँ ! (Happy Birth Day To Me)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here