पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु , १६ जना  घाइते 

काठमाडौ । गुल्मीबाट बुटवल तर्फ हिँडेको लु १ ख ५९५२ नम्बरको बस रिव्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवा पाल्पामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। 
मृतकहरुमा ३ जना महिला ३ जना पुरुष रहेका छन्। उनीहरुको पहिचान हुन सकेको छैन। 
घाइतेहरुको युनाइटेड मिशन अस्पताल तानसेनमा उपचार भइरहेको छ। अस्पतालमा १५ जना घाइते भर्ना भएको अस्पतालका प्रशासकीय अधिकृत जीवन प्रसाद भट्टराईले बताए। 
अपरान्ह साढे ४ बजेको समयमा दुर्घटना भएको बस सडकबाट करिब १ सय मिटर तल खसेको पाल्पा प्रहरीले जनाएको छ। बस सडकको डिल भासिएर दुर्घटना भएको  हो।  
घटनास्थलमा उद्धार तथा खोजी कार्य सकिएको घटनास्थलमा सहभागी जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक एव सूचना अधिकारी विरेन्द्र थापाले बताए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here