नेपाल राहत शिक्षक नुवाकोट द्वारा पालिका उपाध्यक्ष बिमला पाठकलाई बधाई तथा सम्मान

नुवाकोट । पन्चकन्या गाउँपालिका उपाध्यक्ष एबं निबर्तमन नेपाल राहत शिक्षक नुवाकोटका सचीव समेत रहनु भएका बिमला पाठकलाई आज एक कार्यक्रम बिच नेपाल राहत शिक्षक नुवाकोट जिल्ला कार्यसमिति द्वारा सम्मान तथा बधाई ज्ञापन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै, नेपाल राहत शिक्षक जिल्ला कार्यसमिति नुवाकोटका सभापति रामचन्द्र भण्डारीले राहत शिक्षकका हक हित तथा अधिकारको सुनिश्चितता एबं अब आउने सम्शाेधित शिक्षा ऐनमा राहत शिक्षकोकाे माग पुरा हुनु पर्ने र नभएमा ४० हजार शिक्षक आन्दोलन मा उत्रने बताउनु भयो ।