झापामा झुन्डिएको अवस्थामा ३ किशोरी मृत भेटियो: परीक्षणका लागि धरान पठाइयो

काठमाडौ । झापाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा झुण्डिएको अवस्थामा मृत भेटिएका ३ जना किशोरीको शव परीक्षणका लागि अस्पतालमा पठाइएको छ । शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको झापाका एसपी विश्वमणि पोखरेलले बताए ।

आइतबार बिहान सुनकोशी चिया बगानमा कार्यरत ३ किशोरी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । स्थानीय देउनिया खोला किनारको बयरको रुखको एउटै हाँगोमा झुण्डिएको अवस्थामा रहेका शव प्रहरीले निकालेर परीक्षणका लागि पठाएको छ ।

कचनकवलस्थित बलेगाउँ घर भएका पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना पढाइ छाडेर चिया बगानमा मजदुरी गर्दै आएका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here