कुमारी बैँक धादिङ द्वारा दुर्घटनामा मृत्यू भएका मगरका परिवारलाई १० लाख हस्तान्तरण

धादिङ । कुमारी बैँक लिमिटेड धादिङबेशी शाखाले दुर्घटनामा परि मृत्यू भएका यम बहादुर मगरका परिवारलाई मृत्यू दावी भुक्तानी स्वरूप रु १० लाख हस्तान्तरण गरेको छ ।

धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १२ निवासी स्वर्गीय मगरका परिवारलाई रु १० लाख हस्तनतरण गरिएको हो ।

गत जेठ ३१ गते धादिङ बाट काठमाण्डौँ जादै गर्दा धादिङको धुनीवेशी न.पा वडा नं ९ सुरुङमार्ग स्थित मोटरसाईकल दर्घटनामा परि मगरको मृत्यू भएको थियो । मृतक यम बहादूर मगरको परिवारलाई कुमारी बैँक धादिङबेसी शाखले आज एक कार्यक्रका बीच बैँकका शाखा प्रबन्धक धन बहादुर श्रेष्ठले मृतक यम बहादुर मगरको श्रीमती कमला मगर र मृतकका दाइ बल बहादुर मगरलाई रु १० लाखको चेक हस्तान्तरण गर्नूभएको हो ।

परिवार सुरक्षा वचत खातामार्फत गरिएको उक्त बीमाले मगरका परिवारलाई राहत मिलेको छ । रु २६ लाख सम्मको बीमा हुने उक्त खातामा न्युनतम मैज्दात १० हजार मात्रमा खाता खोल्न सकिनेछ ।

बार्षिक बिमासुल्क भने बैँकलेनै गरिदिनेछ ,परिवारका ४ जना सदस्यलाई लागू हुने उक्त बीमा, श्रीमान श्रीमतीको हकमा आकस्मिक दुर्घटना मृत्यू बीमाबाट रु १०/१० लाख, बच्चाहरुको लागि २र२ लाख र पूर्ण शारीरिक अशतm,घातक रोगहरु र परिवारलाई औषधि उपचार बीमामा १/१ लाख हुनेछ ।

उक्त योजना सामान्य आयआर्जन भएका परिवारले नै गर्न सकिने निकै सजिलो सवल एवं विस्वासनीय रहेको बैँकका प्रबन्धक श्रेष्ठले बताउनु भयो ।उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठ,साँकोष मा.वि का शिक्षक नविन श्रेष्ठ र बैँकका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here