रुबीभ्यालीमा स्वास्थ तर्फ हेल्थ असिस्टेन्टको नतिजा प्रकाशन: अन्यको छिट्टै नतिजा आउने

धादिङ । रुबीभ्याली गाउँपालिकाले स्वास्थ्य तर्फ हेल्थ असिस्टेन्ट ३ जना, अहेव ८ जना, अनमी ९ जना, ल्याव टेक्निसियन ३ जना र कार्यालय सहयोगी ६ जनाका लागि आवेदन माग गरेकोमा हेल्थ असिस्टेन्टको नतिजा प्रकाशन भएको छ ।

हेल्थ असिस्टेन्टमा नाम निकाल्नेमा विममाया तामाङ, तेन्जिङ डोल्मा घले र प्रकाश लामा रहेका छन् ।
उनीहरुलाई तिप्लिङ स्वास्थ्य चौकी, सेतुङ स्वास्थ्य चौकी र लापा स्वास्थ्य विन्दुमा खटाईने अध्यक्ष रामसिंङ तामाङले बताए ।

स्थानीयलाई विशेष प्राथमिकता दिने उद्देश्यले छनौट प्रकृयाको लागि मुल्याङ्कन मापदण्डमा स्थानीयलाई १५ नम्बर, अनुभवलाई १० नम्बर र शैक्षिक योग्यताको श्रेणीलाई ५ नम्बर, अन्तरवार्ता २० नम्बर लिखित १०० पूर्णाङ्क निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here