देश छाडेर भागे श्रीलंकाका राष्ट्रपति र उनका परिवार

अन्तरास्ट्रिय खबर । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्षे देश छाडेर भागेका छन् । देश गम्भीर आर्थिक संकटमा फसेपछि व्यापक प्रदर्शनका बीच राष्ट्रपति राजपाक्षे सैन्य जहाजमार्फत छिमेकी मुलुक माल्दिभ्सको राजधानी माले पुगेका छन् ।
बीबीसीका अनुसार ७३ वर्षीय राजपाक्षे स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे तिर माले पुगेका हुन् ।

राजपाक्षेले देश छाडेर भागेसँगै एक पारिवारिक वंश समाप्त भएको छ । जसले दशकौँसम्म श्रीलंकामाथि शासन गरेको थियो ।

गत शनिवार राष्ट्रपति भवनलाई हजारौँ प्रदर्शनकारीले घेराउ हाल्दै प्रवेश गरेपछि उनी त्यहाबाट भागेर अज्ञात स्थानमा लुकेर बसेका थिए ।
उनका भाइ पूर्व अर्थमन्त्री बसिल राजपाक्षेले समेत श्रीलंका छाडेको स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनी अमेरिकातर्फ प्रस्थान गरेको बुझिएको छ ।
चरम भ्रष्टाचार, गृहयुद्ध, विद्रोह एवं महामारीका कारण केही महिनायता श्रीलंकाले अकल्पनीय आर्थिक संकटको सामना गरिरहेको छ । आर्थिकरूपमा टाट पल्टिएको श्रीलंकामा इन्धनका साथै दैनिक उपभोग्य वस्तुको चरम अभाव छ । बाहृय ऋणको भारीले थिलथिलो भएको टापुराष्ट्रमा नयाँ राजनीतिक नेतृत्वले देशलाई आर्थिक संकटबाट मुक्त गर्न कठोर परिश्रम गर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here