मुक्तक दोहोरी : हिरामाया श्रेष्ठ र आर के भण्डारीका १४ मुक्तकरु

कला/साहित्य । मन परेको त्यही गुलाफ माली भएर हो
गहुँ गोरि होइन हल्का काली भएर हो
आज तिमि एकोहोरो हुन थालेको नि
दाइको शाख्य एउटा साली भएर हो
हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ


मुक्तक,
तिमी गोरी छौँ या काली मलाई मन पर्यौ ।
हो हसिली रहेछौं साली मलाई मन पर्यौ ।
पहिलो भेटमै तिमीलाई दिलमै सजाय छु,
भए पनि त्यो घरवाली मलाई मन पर्यौ ।

आर के भण्डारी
बझाङ


मुक्तक
न आउ अब वर वर माया बसिसक्यो ।
यो दिलबाट गैदेउ पर माया बसिसक्यो ।।
मनमा मात्रै बस्यौ तिमी यो तक्दिर मा अरु ।
बिर्सिदिनु पराइको घर माया बसिसक्यो ।।

हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ
मुक्तक मञ्च शाखा धादिङ


मुक्तक
न भन्देउ न त्यसो माया मन कुटुक्क दुख्छ ।
बन्देउन ल शितल छाया मन कुटुक्क दुख्छ ।
मैले त तिमीलाई पहिलै देखि मन पराए,
नहोस् है अब दायाँबायाँ मन कुटुक्क दुख्छ ।

आर के भण्डारी
बझाङ


मुक्तक

आफ्नाले नै दिन्छन चोट भनी चित्त बुझाउनु ।
आफ्नै भाग्य मा रैछ खोट भनी चित्त बुझाउनु ।।
यो जुनि त यस्तै भयो अर्को जुनि कुर्नु तिमिले ।
अ गतिलो पर्यो मायाको बोट भनी चित्त बुझाउनु ।।

हिरामाया श्रेष्ठले
गजुरी १ धादिङ
मुक्तक मञ्च शाखा धादिङ


मुक्तक
यहीँ जुनि मा पाउने आस छ तिमीलाई ।
मेरो मुटु धड्कन पुरै श्वास छ तिमीलाई ।
उ जूनिको कुरा मलाई धेरै नगर न प्यारी ,
त्यो जूुनिको निम्तो खास छ तिमीलाई।

आर के भण्डारी
बझाङ


मुक्तक
निराशामा एउटा💕 आश हुन सकिन ।
अरु भन्दा धेरै 💓 खास हुन सकिन ।।
बुढेसकाल को साहारा बन्ने बेलामा ।
माफ गर तिम्रो आभाष हुन सकिन ।।

हिरामाया श्रेष्ठ
गजुरी 1 धादिङ
मुक्तक मञ्च शाखा धादिङ


मुक्तक
तिमी जस्ति रुपकि रानी मैले कहि भेटिन ।
अरु सबै साथी थिए दिलमा नाम लेखिन ।
साँझ बिहान हरक्षण हरपल ,हो पलपल,
तिम्रै मात्र झल्को आउँछ मलाई खै किन ।

आर के भण्डारी
बझाङ


मुक्तक
गरेका ती बाचा कसम सबै टुटाइ गयो आज ।
साथ दिन्छु भन्थ्यो सम्बन्ध छुटाइ गयो आज ।।
आफ्नो मुटु ढुङ्गा ,पत्थरको जस्तै बनाएर उनि ।
बिर्सिदिन सक्ने आट हिम्मत जुटाइ गयो आज ।।

हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ
मुक्तक मञ्च शाखा धादिङ

१०
मुक्तक
के के भयो भयो मलाई तिमीलाई देखेपछि ।
स‍ोच्छु अब उता पराई तिमीलाई देखेपछि ।
मन थिएन मेरो पनि पत्थर जस्तो बनाउने त,
उ आफू आफै डराइ तिमीलाई देखेपछि ।

आर के भण्डारी
बझाङ

११
मुक्तक
सपनी मा तिमिलाइ देखि कराउन पुगेछु ।
आफै भित्र रम्दै रमाउदै हराउन पुगेछु ।।
पैलो चोटि तिमी सङ्ग भेट भएको दिन ।
अनेक अनेक कुरा सोची डराउन पुगेछु ।।

हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ
मुक्तक मञ्च शाखा धादिङ

१२
मुक्तक,
उता तन देउ यता मन देउ त्यति भए पुग्छ ।
भन्दिनँ म दौलत धन देउ त्यति भए पुग्छ ।
तिमीलाई मैले सारै मन पराइ सके प्रिय,
एकचोटि लभ यु भन् देउ त्यति भए पुग्छ ।

आर के भण्डारी
बझाङ

१३
मुक्तक
एउटा थियो चोखो मन उतै सुम्पिसके ।
मेरा सारा भएको तन उतै सुम्पिसके ।।
आटेको चाहेको सबै कहाँ पुग्छ र प्यारा ।
यो जुनिलाइ मेरो जीवन उतै सुम्पिसके ।।

हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ
मुक्तक मञ्च शाखा धादिङ

१४
मुक्तक
ठिकै छ अब प्रियअसल साथी रहौला
मनका कुरा कहिलेकाही राति भनौला
तिमी बिना एक्लै म बाच्दिन मर्छु अब ,
हामी बस्ने सुन्दर घर माथि बनौला।

आर के भण्डारी
बझाङ

१५
मुक्तक
बाहाना अनेक बनाइ माया गर्ने कुरा नगर ।
अब फेरि तिमि मेरो समीप पर्ने कुरा नगर ।।
अर्धाङ्गिनी होइन तिम्रो असल साथी बन्छु ।
अब झुक्किएर पनि तिम्ले मर्ने कुरा नगर ।।

हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ
मुक्तक मञ्च शाखा धादिङ

१६
मुक्तक
मायाले न सिन्दूर देख्छ न चुरा थाहा होला नि
न घरवार देख्छ न भुरा देख्छ थाहा होला नि
दिल भित्र बसेको मान्छे यदि कतै टाढा हुदा ,
संसार जति सारा अपुरा देख्छ थाहा होला नि

आर के भण्डारी
बझाङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here